पोखराका व्यवसायी बलराम गौतम विरगंजमा मृत फेला

पाेखरा | माघ २९, २०७९

पोखराका व्यवसायी बलराम गौतम विरगंजमा मृत फेला

पोखरा:   पोखराको गैह्रापाटन निवासी बलराम गौतम  सम्पर्कविहीन भएको २७ दिनपछि विरगंजमा मृत फेला परेका छन् ।  

 

गत माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार विहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारजनले जनाएको छ ।


गौतम सम्पर्कविहिन भएदेखीनै उहाँको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोवाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएको परिवारले जनाएको छ । गौतमलाई हृदयघात भएको आशंका गरिएको छ ।

 

परिवारका अनुसार सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ । त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिएको छ । प्रहरीले हिजो विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ ।


गौतमको परिवार पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गैह्रापाटन बस्दै थिए। ५६ वर्षीय गौतम माघ २ गते सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन सकेको थिएन । 

 

गौतम नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सदस्य समेत थिए । उनका श्रीमति र तीन छोरी छन् ।

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्